बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु

बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु

काठमाडौँ । बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । 

विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पुर्‍याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभागका अनुसार उपकरण तथा जनशक्ति परिचालन गरी विभिन्न खण्डको मर्मत भई रहेको छ ।

 ‘बाढी क्षति पुर्‍याएको १३ किलोमिटर मध्ये ८.५ किलोमिटर सडक पूर्ण रूपमा बनाउनु पर्ने भएको छ’ न्यौपानेले भने ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्म्याउने, ग्राभेल भर्ने लगायतका काम गर्नु पर्ने छ, त्यो अहिले सुरु भएको हो ।’ सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन परिचालित भई सकेको उनले जनाए । 

विभागकै श्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको भन्दै उनले काम नभएका स्थानहरूबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने बताए । 

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल डिभिजनले पहिलो प्राथमिकतामा राखेर सो सडक मर्मत थालेको हो । उनले भने, ‘अहिले हामीले बीपी राजमार्गलाईनै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनको श्रोत साधनको अधिकतम उपयोग गरी काम भई रहेको छ ।’ 

वर्षायाममा सके सम्म यातायात अवरुद्ध हुन नदिने लक्ष्य रहेको भन्दै डिभिजन प्रमुख योगेशले आवश्यक परे रातीको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने बताए । 

गत असोजमा बाढीसँगै आएको पहिरोले सो राजमार्गमा क्षति पुर्‍याएको सडकमा आगामी वर्षायाममा समेत यातायात अवरुद्ध नहुने गरी मर्मत तथा पुननिर्माणको काम थाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्देशन दिइसकेका छन्। 

गत शनिबार मन्त्री दाहाल सहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, भक्तपुर तथा खाल्डे डिभिजनका प्रमुख लगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले सो राजमार्ग मर्मत तथा पुननिर्माणमा श्रोत अभाव हुन नदिने भन्दै मर्मत एवम् पुननिर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए । 

प्रतिकृया दिनुहोस्