काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरलाई सीमा कटाउन धेरै व्यक्ति खटिनुपर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख अर्जुन माबोहाङले जारी गरेको सूचनामा लेखिएको छ, ‘बाँदर खेद्नका लागि ठूलो संख्यामा जनपरिचालन आवश्यक भएको हुँदा जेष्ठ १ गते शुक्रबारको दिन अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने गरी सार्वजनिक बिदा घोषणा गरिएको बेहोरा समेत जानकारी गराइन्छ ।’
