×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

रामेछापमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

वडा नं ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १३ कि भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको वडाध्यक्ष कार्कीले बताए । दुर्घटना भएको बोलेरो सडकबाट तल खसको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्