×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो सुन

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ९८० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्