×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु, बन्दसत्र सुरु गर्ने तयारी

रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु, बन्दसत्र सुरु गर्ने तयारी

चितवन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताएका छन् । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको उनले बताए ।

अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको जानकारी दिँदै उनले आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताए ।

‘इस्टिमेट गरिएको २८ सय/ तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदै गर्दाखेरि केही प्राविधिक त्रुटिका कारण हिजो हामीले सुरु गर्न सकेनौं,’ उनले भने, ‘आज यतिखेर हलबाट महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ । त्यो सकिनेबित्तिकै हामी खाना खाएर आजको बन्दसत्र सुरु गर्दैछौं ।’

बन्दसत्र सुरु गर्नका लागि एक बजेसम्मको समय लाग्ने देखिएको उनको भनाइ छ । त्योभन्दा अगाडिका सबै प्रक्रिया टुंग्याएर कार्यक्रम अगाडि बढाइसकेको पराजुलीले बताए ।

उनले महाधिवेशन प्रतिनिधि र सञ्चारकर्मीका लागि पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन् ।

प्रतिकृया दिनुहोस्