×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो ।

‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १० वटा टाँका लगाइएको छ,’ रास्वपा नेता दीपक बोहोराले भने, ‘सिटी स्क्यान रिपोर्ट सकारात्मक आएको छ । र, आज पुन फलोअपका लागि बोलाइएको छ ।’

उनलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीमा अवस्थित स्तूपा सामुदायिक अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

बुधबार राति करिब आठ बजेतिर कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घर फर्किंदै गर्दा बाटोमा आक्रमण भएको उनले बताएका छन् । उनका अनुसार मोटरसाइकलमा रहेका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । बोहराका अनुसार बदनले भागेर घरभित्र छिरेपछि आक्रमणकारी भागेको र आफ्नो ज्यान जोगिएको बताएका छन् ।

आक्रमणकारी को हुने भन्ने खुलेको छैन । रास्वपाले यसको सूचना प्रहरीलाई दिएको छ । बौद्ध प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्