काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६५ रुपैयाँ बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भैरहको छ ।