काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २८०० सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १०० रुपैयाँ घटेर प्रतितोला ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।