काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । छापावाला सुन तोलामा १९ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।