काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोालामा १६०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १४० रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।