×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विवाह गर्न भागेका जोडी घरभित्रै मृत फेला

विवाह गर्न भागेका जोडी घरभित्रै मृत फेला

काठमाडौं । रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए । 

उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा उनीहरू शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए । लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।

प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।

प्रहरीले आमाबुवा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्