काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३ सय ५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।