×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट

काठमाडौं। सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई डिजिटल चिट (ई-चलान) दिने प्रणाली सुरु गरेको छ ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम ९टिभिआरएस० को ई–चलान (डिजिटल चिट)को उद्घाटन गरेका छन् ।

आजदेखि सुरू गरिएको उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सकिनेछ ।

ट्राफिक प्रहरीका अनुसार डिजिटल चिटको कार्यान्वय पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा कार्यान्वयनमा हुनेछ । यसका लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइसकिएको छ ।

प्रतिकृया दिनुहोस्