×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

लस एन्जलसमा तनाव, नेशनल गार्ड परिचालन गर्न ट्रम्पको आदेश

लस एन्जलसमा तनाव, नेशनल गार्ड परिचालन गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकाको लज एन्जलसमा तनाव भएको छ । आप्रवासीमाथि भएको धरपकडविरुद्धको  प्रदर्शनले ठूलो रुप लिंदा तनाव बढेको हो । विरोध प्रदर्शन व्यापक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हजार नेशनल गार्ड परिचालन गर्न आदेश दिएका छन् ।

जल एन्जल्समा अमेरिकी आप्रवासन निकायले छापा हानेर अवैध आप्रवासीको खोजी गरेको थियो । त्यसको विरोधमा प्रदर्शन भएको हो । शुक्रबार मात्रै ४४ जनालाई नियन्त्रणमा लिइएको छ । पछिल्लो एक सातायता ११८ जना प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।

पेरामाउन्ट क्षेत्रमा शनिबार पनि लातिनी समुदाय र आप्रवासन निकायका अधिकारीहरूबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्जसमेत गरेको थियो।

तनाव बढिरहेका बेला राष्ट्रपति ट्रम्पका सीमा सल्लाहकार टम होमनले लस एन्जलसलाई सुरक्षित बनाउने प्रतिक्रिया दिएका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले भने ट्रम्पको कारबाहीप्रति आपत्ति जनाएका छन् । उनले यसलाई ‘क्रूर’ भनेका छन् ।

शनिबार न्यूसम र ट्रम्पबीच झन्डै ४० मिनेट फोन संवाद भएको थियो । तर, संवादबारे थप कुरा सार्वजनिक गरिएको छैन ।

ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि गभर्नर न्यूसम र लस एन्जल्सकी मेयर करेन बासले काम गर्न नसके संघीय सरकारले हस्तक्षेप गरेर दंगा र लुटपाटको समस्या समाधान गर्नेछ ।’ हाल पेरामाउन्ट क्षेत्रमा स्थिति केही शान्त देखिए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव यथावत छ ।

प्रतिकृया दिनुहोस्