×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

संयुक्त अभ्यासका लागि चीन उड्यो नेपाली सेनाको टोली

संयुक्त अभ्यासका लागि चीन उड्यो नेपाली सेनाको टोली

काठमाडौँ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका फौजबिच संयुक्त अभ्यास हुने भएको छ । सगरमाथा फ्रेन्डसिप नाम दिइएको संयुक्त अभ्यास सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

शनिबारदेखि आश्विन १५ गतेसम्म चीनको Chongqing मा सञ्चालन हुने उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघिय शान्ति मिसन, प्रतिआतंकबाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुने सेनाको भनाइ छ ।

वि।सं। २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको सो अभ्यास कोभिड(१९ को महामारी पश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिकृया दिनुहोस्