×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रविको वकिलको बहस सकियो, छविको वकिलको सुरु

रविको वकिलको बहस सकियो, छविको वकिलको सुरु

कठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ ।

मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थियो । आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् ।

लामिछानेतर्फका वकिलको बहस सकिएपछि अहिले पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट बहस सुरु भएको छ । उनको तर्फबाट वरिष्ठ अधिवक्ता शुम्भु थापाले बहस सकाएका छन् । अब अर्का वकिलले बहस गर्ने तयारी गरेका छन् ।

उनीहरुको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । दुबै तर्फका वकिलहरुको बसह सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि सम्भवत आजै आदेश आउनसक्ने सम्भावना छ ।

लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

प्रतिकृया दिनुहोस्