×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी शनिबार (१२ असोज) देखि खुल्ने भएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

यससँगै सर्वसाधारणले सार्वजनिक बसको अग्रिम टिकट खुल्ने भएको छ ।

यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

उक्त सहमति अनुसार विभागले १२ असोजदेखि लागु हुने गरी अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको सिटौलाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्