काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १३०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १२० रुपैयाँ बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।