काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १८५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।