×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् ।

बेपत्ता बालकहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको छ । उनीहरू सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।

बेपत्ता भएको थाहा पाउनासाथ पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज खटिएको छ ।

प्रतिकृया दिनुहोस्