×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विश्नोईको नाममा धम्क्याएको आरोपमा पनि दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी

विश्नोईको नाममा धम्क्याएको आरोपमा पनि दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे ।

‘पक्राउ पुर्जी जारी भएको छ । साइबरको काम सकिएपछि बयानका लागि हामी बोलाउँछौं,’ एसपी बोगटीले भने । यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो ।

फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको थियो । उनीहरूविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्