काठमाडौँ । काठमाडौंको असन चोकमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो सो घरमा आगलागी भएको थियो । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो ।
आगो नेपाली सेना, नेपाल प्रहरी, स्थानीवासी लगायतको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ ।