×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौं अवतरण

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा समस्या, काठमाडौं अवतरण

काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । सो क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान अवतरण रोक्नु परेको थियो ।

हाइड्रोलिक समस्याका कारण जहाज धावनमार्गमा रोकिने हुन्छ । त्यसपछि जहाजलाई सुरक्षित रुपमा बाहिर निकालेर उडान अवतरण सुरु गरिएको छ ।

अहिले जहाजको प्राविधिक जाँच समेत भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्